चेरी क्यूको डेलिभरी काठमाडौंसहित पाँच सहरमा सुरु
काठमाडौं। नेपालमा चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ विद्युतीय एसयूभी चेरी क्यूको डेलिभरी काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा सुरु गरेको छ। कम्पनीका अनुसार काठमाडौंसँगै चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा चेरी क्यूको डेलिभरी औपचारिक रूपमा सुरु गरिएको हो।