आइसिटी अवार्डको अर्को चरणमा ५० टिम छानिए, उत्कृष्ट पाँचका लागि प्रतिस्पर्धा हुने
काठमाडौं। सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको प्रतिष्ठित अवार्ड ‘आईसीटी अवार्ड २०२६’ अन्तर्गत चार विधामा ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनलका लागि छनोट भएका छन्। अवार्डको ११औँ संस्करणका लागि १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका छन्।