भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ सुरु, ग्राहकलाई १० लाखसम्म नगद छुटको अवसर
काठमाडौं। जगदम्बा मोटर्स प्रालिले आजदेखि कात्तिक १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना सुरु गरेको छ। सात दिनसम्म चल्ने मेलामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएसका दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सकिनेछ। मेलाको मुख्य आकर्षणका रूपमा ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ।