सरकारी कार्यालयको बिजुली महसुल अब डिजिटल माध्यमबाटै तिरिने
सरकारी कार्यालयहरूले उपभोग गर्दै आएको विद्युतको महसुल अब अनलाइन तथा विद्युतीय (डिजिटल) माध्यमबाट सोझै भुक्तानी गर्न सकिने भएको छ। यसका लागि नेपाल विद्युत प्राधिकरण र महालेखा नियन्त्रक कार्यालयबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।