SHARE
पर्दाफास · बिहीबार २२ असो २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

एकदिवसीय वरियतामा नेपाल १६औं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ। पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो । नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ। नेपालभन्दा अघि अमेरिका १५औं स्थानमा छ। त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औं स्थानमा छ।