SHARE
पर्दाफास · बिहीबार २२ असो २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

जलवायुजन्य विपद्सम्बन्धी नेपालको प्रस्ताव आईपीयू महासभाबाट दुई–तिहाइ बहुमतले पारित

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई—तिहाइ बहुमतसहित निर्वाचित भएको छ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन टु एड्रेस क्लाइमेट–रिलेटेड डिजास्टर्स एन्ड स्ट्रेन्थेन रिजिलियन्स इन द हिमालयन रिजन एन्ड अदर भल्नरेबल रिजन’ शीर्षकको आपत्कालीन एजेन्डा महासभासमक्ष प्रस्तुत गरेका थिए ।