SHARE
पर्दाफास · बुधबार २१ असो २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो

सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि छोट्याएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। यसअघि १२ वर्ष रहेकोमा बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त अवधि घटाएर ४५ दिन बनाएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।