SHARE
पर्दाफास · बुधबार २१ असो २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब रु ४६ लाख ३७ हजार बराबरका विभिन्न देशका अवैध मुद्रासहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो ।