बिजुली बेच्ने मात्र होइन, अर्थतन्त्र चलाउने लक्ष्यमा ऊर्जा मन्त्रालय
काठमाडौं। नेपालमा ऊर्जा क्षेत्रको समस्या अब बिजुली उत्पादनमा मात्रै सीमित छैन। आयोजना बनाउने, उत्पादित बिजुली प्रसारण प्रणालीमा पुर्याउने र त्यसलाई बजारमा बिक्री गर्ने तीनवटै चरणबीचको असन्तुलनले लामो समयदेखि लगानी र उत्पादन क्षमतामा अवरोध सिर्जना गर्दै आएको छ।