सुख्खा पहिरोले थुनिएको तामाकोसी खुल्यो  

 काठमाडौँ । दोलखाको विगु गाउँपालिका १ लामाबगर स्थित क्यालु खोला र देउरालीको बिचमा सुक्खा पहिरो खस्दा करिब ४ घन्टादेखि तामाकोशी नदि थुनिएको छ।

शुक्रबार विहान करिब ९ बजे खसेको सुक्खा पहिरोले तामाकोशी नदि थुनिएको हो। नदि थुनिएको ४ घण्टा वितिसक्दा पनि खुल्ने कुनै छाँटकाँट देखिएको छैन ।

तामाकोशी नदि थुनिएर ताल बनेको विगु गाउँपालिका अध्यक्ष संजीव ओलीले जानकारी दिए । पहिरो खसे लगतै खोला खोल्न पर्यत्न भैरहेको उनले बताए ।

पहिरो खस्ने क्रम अझै जारी रहेकोले खुलाउन समस्या भएको अध्यक्ष ओलीले बताए । पहिरोले नदि थुनिएपछि विद्युत सेवा समेत काटिएको छ ।