सुनको मूल्य घट्यो, प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार   

काठमाडौँ । आज बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य  तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार ८८० रुपैयाँ कायम भएको नेपाल सुनाँदी महासंघले जनाएको छ ।