आजको मौसम : प्रि-मनसुन पनि सक्रिय,मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना 

 काठमाडौँ - अझै दुई दिन पानी पर्ने भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले  उल्लेख गरेको छ । 

प्रि(मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन चट्याङसहित वर्षा भएको हो ।  काठमाडौं उपत्यकामा शनिबार वर्षा भएको थियो। आइतबार र सोमबार वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए ।  प्रिमनसुन पनि सक्रिय रहेकाले मेघगर्जन(चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।