धरहरा चढ्नेको अत्यधिक भिड, एक हप्तासम्मका लागि टिकट बुक

काठमाडौँ । हिजोदेखि सञ्चालनमा आएको धरहरामा अवलोकन गर्न जानेहरुको भिड लागेको छ ।

एक हप्तासम्मको लागि अनलाइन टिकट बुक भइसकेको छ । हिजो पहिलो दिन नै धरहरा चढ्न जानेहरुको भिड लागेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि हरेक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ ।
धरहरा चढ्नका लागि टिक बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले dharhara.gov.np वेबसाइट सञ्चालन गरेको छ ।