राष्ट्रपति पौडेलद्वारा संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का चालु दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।

राष्ट्रपति कार्यालयकी प्रवक्त्ता शैलजा रेग्मी भट्टराइले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ साल भदौ ३१ गते सोमबार राति १२ बजेदेखि अन्त्य गरिएको छ ।’

मन्त्रिपरिषदको यही भदौ ३० गतेको बैठकले संसदका दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

उक्त सिफारिसअनुसार राष्ट्रपति पौडेलले संसद्‌को चालु अधिवेशन अन्त गरेका हुन्। संसद् अधिवेशन अहिले बसिरहेको छ ।