निजि विद्यालयका शिक्षकलाई पनि सरकारी सरहकै तलब !

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा क्षेत्रमा अर्को सुधार थालेका छन् । निजि विद्यालयमा पढाउने शिक्षकले कम तलब पाउने गरेको भन्दै बालेनले सरकारी सुविधा सरह नै तलब दिन निर्देशन दिएका हुन् ।

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत  निजि विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ । तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२,७,छ मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।’