दुई शिफ्ट गरी दैनिक १५ हजार राष्ट्रिय परिचयपत्र प्रिन्ट हुँदैछः प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्ष कमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय परिचयपत्र छपाइको काम दैनिक दुई शिफ्टमा भइरहेको जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले परिचपयपत्रको पछिल्लो प्रगतिबारे जानकारी दिएका हुन् ।

"रष्ट्रिय परिचयपत्रको क्षेत्रमा ठूलो सुधार आएको छ । गत पुस ११ सम्म दैनिक ७ हजारको संख्यामा छपाई हुने परिचयपत्र अहिले दुई शिफ्टमा काम गरेर दैनिक १५ हजारको संख्यामा छापिरहेको छ," उनले भने ।