बुबालाई पत्र लेखेर घर छोडेका झापाका दुई बालक मोरङमा फेला

काठमाडौँ । मंगलबार झापामा पत्र लेखेर सम्पर्कबिहीन भएका एकै परिवारका दुई बालक सोही दिन राति भेट्टिएका छन ।

सामाजिक सञ्जालमा भएको हल्लीखल्लीले उनीहरू समयमै भेटिएका हुन । मोरङको पथरीस्थित एक घरमा आश्रय लिएर बसेको अवस्थामा परिवारका सदस्यलाई सूचना दिएर राति उनीहरूको जिम्मा लगाएको परिवारको सदस्यले बताएका छन ।

उनीहरू गौरादहको स्थानीय मोति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । खैरो पेन्ट कोठे सट अनि कपडाको पाडा जुत्ता लगाएका उनीहरू जेठ १५ गते मंगलबार बिहान १० बजे बुबा आमा र दिदीलालाई हाम्रो चिन्ता नलिनु र नखोज्नु भनेर सम्पर्कबिहीन भएका थिए ।

उनीहरूले खोजीको कष्ट नगर्न अनुरोध गर्दै आफूहरू ठूलो भएपछि फर्केर घरमै आउने बताएका थिए । झापा जिल्ला गौरादह नगरपालिका १ बेलडागी चोक स्थायी घर भएका भुपेन खड्काका दुई नबालक छोराहरू १४ वर्षका खगेन्द्र खड्का र देब खड्का परिवारको नाममा पत्र लेखेर सम्पर्कबिहीन भएका थिए ।