एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य एक हजार ५०० रुपैयाँ बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।