गृहमन्त्रीको निर्देशनपछि  मापसे चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि  मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएको छ।

काठमाडौँका विभिन्न स्थानमा प्रहरीको कारबाहीमा परेर समातिएका चालकलाई बुधबारदेखि सडकमा 
 स्वयंसेवकको रूपमा खटाउन थालिएको हो। 

आजदेखि सिंहदरबार सडकआसपास क्षेत्रमा स्वयंसेवक खटिएका छन्।