रवि लामिछानेविरुद्धको रिट खारेज

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सांसद बन्न अयोग्य रहेको भन्दै लामिछानेविरूद्व दायर भएको रिट खारेज भएको हो ।

युवराज सफल पौडेलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज गरेको हो ।