नुवाकोट बेलकोटगढी नगरमा कल सेन्टर स्थापना, देशभर मध्ये पहिलो भएको मेयर लामाको दावी 

नुवाकोट - नुवाकोट बेलकोटगढी नगरपालिकामा कल सेन्टर स्थापना भएको छ । ७ सय ५३ वटै पालिकाहरु मध्ये पहिलो पटक बेलकोटगढी नगरपालिकामा यो सेवा सुभारम्भ गरिएको हो । 

बिषेशगरि महिला बालबालिका तथा जेष्ठ नागरिको क्षेत्रमा यसले काम गर्ने नगरप्रमुख जगत लामाले जानकारी दिए । अहिले दैनिकजसो बढीरहेको घरेलु हिँसा, बालबालिकामा हुने हिँसा तथा आपत्कालीन अबस्थामा कुनैपनि जानकारी स्थानियसरकारसम्म पुराउने उदेश्यले यो कल सेन्टर स्थापना गरिएको नगरप्रमुख लामाले जानकारी दिए ।  नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र बैदेशिक रोजगार सहायता कक्ष सामि को सहयोगमा यो सेन्टर स्थापना गरिएको हो ।