प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौँ - विनियोजन विधेयक २०८० बहुतले पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले बताए ।