थप उपचारको लागि काठमाडौँ आइपुगे कैलाश सिरोहिया, मेडिसिटी अस्पतालमा भर्ना

काठमाडौँ । ७ दिनदेखि थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याइएको छ ।

सिरोहियालाई काठमाडौँ ल्याएर मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । नियमित उडानबाट काठमाडौँ ल्याउन समस्या हुने देखिएपछि उनलाई एयर लिफ्ट मार्फत काठमाडौँ ल्याइएको हो । 

नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको हो ।