मुगु जीप दुर्घटनामा दुईजनाको मृत्यु

काठमाण्डौँ - मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् ।

 मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् । कच्ची र साँघुरो चार मोड भन्ने ठाउँको सडकबाट जीप खसेको थियो ।