टोखामा आगलागी हुँदा  दोलखाका युवक मृत्यु  

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा आइतबार राति आगलागी हुँदा भाडामा बस्ने एक युवकको मृत्यु भएको छ । 

टोखा नगरपालिका –१ बानियाँटारमा आगलागी हुँदा दोलखा कालिञ्चोकका २१ वर्षीय किरण बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले  जानकारी दिए ।

उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा घाडामा बस्दै आएका थिए। प्रहरीका अनुसार बुढाथोकी बस्ने कोठामा राति आगलागी हुँदा उनको मृत्यु भएको हो।

आगोमा जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

आगलागी कसरी लाग्यो भन्ने खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।