विशेष अदालतले तोक्यो चन्द्रपुरका पूर्वप्रमुखलाई चार वर्ष कैद र ३७ लाख जरिवाना

काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरीलाई ४ वर्ष कैदको सजाय भएको छ।

राजस्व चुहावट गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।

साथै आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैलाई पनि ४ वर्ष कैद र र ३७ लाख ३४ हजार १९८ रुपैयाँ नै जरिवाना हुने फैसला भएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार उनलाई २८ लाख २२ हजार रुपैयाँ थप जरिवाना हुनेछ।