सिरोहियालाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न माग 

काठमाडौँ ।  नागरिकता किर्ते कसुरमा हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका लागि प्रहरीले थप पाँच दिन हिरासतमा राख्न माग गरेको छ।

उनलाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ। दोस्रोपटक ३ दिनको म्याद थप गरेपछि अस्पताल भर्ना भएर बस्दै आएका सिरोहिया एम्बुलेन्स चढेर अदालत पुगेका हुन्।

यसअघि अनुसन्धानका लागि अदालतले दुई पटक गरी ६ दिनको म्याद दिएको थियो। सो म्याद सकिएपछि उनलाई आज अदालत लगेको  जिल्ला सरकारी वकिलको कार्यालय धनुषाका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले थाहाखबरलाई जानकारी दिए।

म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा अहिले अदालतका न्यायाधीश नेत्रप्रसाद भुसालको ७ नम्बर इजलासमा बहस चलिरहेको छ ।