पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको एक वर्ष पूरा

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेको एक वर्ष पुगेको छ । नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु भएका दाहालले बीचमै गठबन्धन फेरेर एक वर्षे कार्यकाल पूरा गरेका हुन् । यसअघि दुई पटक प्रधानमन्त्री बन्दा नौ नौ महिना मात्रै सरकार चलाउन पाएका दाहालका लागि यस पटक निरन्तर एक वर्षसम्म प्रधानमन्त्री बन्नु नै ठूलो उपलब्धि ठानिएको छ ।

प्रतिनिधिसभामा जम्मा ३२ सिटसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गत वर्ष पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।