'जनतासँग आफूले सुरु गरिसकेको काम र गर्ने लक्ष्यहरुको बारेमा सम्बोधनमा बोल्छु' : दाहाल 

काठमाडौँ - नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका भ्रुण रोप्ने कोसिस भइरहेको बताएका छन् । मंगलबार माओत्सेतुङ १३० औं जन्मजयन्तीको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले चुनौतिका बीचमा समाजवादका भ्रुण रोप्ने कोसिस भइरहेको बताएका हुन् । 

प्रचण्डले हिजोको माओवादीभन्दा जस्तो थियो उसैगरी समाजवादी क्रान्तिमा ठाउँमा पुर्‍याउन लाग्नुपर्ने धारणा राखे । युवाले अध्ययन गरे विचारको विकास र संश्लेषणगरेर पार्टीको विकास गर्न उनले अपील गरे । 

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो कार्यशैलीमा परिवर्तन ल्यायो भन्ने जनताले देखुन् भन्ने किसिमले काम गर्ने तयारी गरेको बताए । आज राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिँदै उनले यस अगाडि गरेका काम र आगामी प्राथमिकताबारे जानकारी गराउने बताए ।