आगामी सिजनका लागि आरोहण अनुमति लिन सुरु

 काठमाडौँ - वसन्त ऋतुमा हुने हिमाल आरोहणका लागि खुल्ला भएको छ ।
पर्यटन विभागका अनुसार पहिलो अनुमति जारी भएको छ । यस दिन सगरमाथाका लागि ८ जनाको एक टीमले अनुमति लिएको छ ।

सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ का लागि परमिट जारी भएका छन् । यस दिन कुल ४६ जनाले अनुमति लिएको विभागले जनाएको छ । अहिले हिमालमा जाने टोलीहरुले आफ्नो तयारी गरिरहेका छन् ।