खोया प्रहार भएपनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन म: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा खोया प्रहार भएको छ । मकैको खोया प्रहारपछि  रविले जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताएका छन् ।

उनले भने, ‘जतिसुकै प्रहार भए पनि, जतिसुकै संयन्त्र भए पनि, जतिसुकै घेराबन्दी भए पनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन । अझ ठूलो छाती पारेर ढमढम चोक, गल्ली, चिया पसलमा, सभा समारोहमा खुल्लमखुल्ला हिँड्ने चाहने नेता बन्न चाहन्छु ।’

लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए । उनलाई प्रहरीले प्रकाउ गरेको छ ।