कांग्रेसको बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन आज काठमाडौंमा हुँदै 

काठमाडौँ - नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन आज काठमाडौंमा हुँदैछ । प्रदेश सम्मेलनको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने जानकारी दिएको हो ।

सम्मेलनमा विधान बमोजिम ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधि तथा बागमति प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रिय सभापति लगाएतको सहभागीता हुने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।