दोलखामा​ ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु 

 काठमाडौँ - दोलखामा​ ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

सुरीबाट सिंगटी जाँदै गरेको लु ३  त ९७०३  नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा शुक्रबार साँझ सवा ६ बजेतिर दुर्घटना ​भएको हो । 

दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका ५ तिनेखुका चालक २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका १९ वर्षीय पेम्बा तामाङलाई थप उपचारका लागि राति नै काठमाडौं ल्याइएको छ । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।