राष्ट्रियसभा निर्वाचन : प्रस्तावित उम्मेदवारको नाम पठाउन माओवादीको निर्देशन

काठमाडौ- राष्ट्रिय सभा निर्वाचनको मिती नजिकिँएसँगै सत्तारुढ माओवादी केन्द्रले मातहतका निकायलाई उम्मेदवारको नाम पठाउन निर्देशन दिएको छ । सबै कमिटीहरुलाई परिपत्र जारी गर्दै माओवादीले प्रस्तावित उम्मेदवारको नाम पठाउन निर्देशित गरेको केन्द्रीय कार्यालयबाट परिपत्र जारी गरी निर्देशित गरिएको हो । 

आगामी माघ ११ गते हु्न १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा माओवादीले सत्ता गठबन्धनमा पाँच सिट दाबी गरेको बताइएको छ । सत्तारुढ प्रमुख घटक कांग्रेसले ९, एकीकृत समाजवादीले ३, जसपा, नागरिक उन्मुक्ति लगायत सत्तासीन घटकहरुले एक एक सिट दाबी गरे पनि अझै भागबण्डाको टुंगो लागिसकेको छैन ।