'मन्त्री फेरेरै भए पनि परिणाममुखि काम गर्छु' : प्रधानमन्त्री दाहाल

 मोरङ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोरङको मिक्लाजुङ– ५ मा आफू नेतृत्वको दल नेकपा माओवादी केन्द्रले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘’प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिन्छु,’ उनले भने । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले जनाए । उनले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।