महाराजगञ्ज नर्सिङ क्याम्पसको डिन कार्यालयमा विद्यार्थीले लगाए ताला

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनले  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसको डिन कार्यालयमा तालाबन्दी गरेका छन्।

उनीहरुले क्याम्पस तथा आइओएम प्रशासन समक्ष ८ बुँदे माग अघि सरेर डिनको कार्यालयमा तालबन्दी गरेका हुन्।

नर्सिङ क्याम्पस महाराजगञ्जकी स्ववियू सभापति नोविना बस्नेतले क्याम्पस प्रशासनको नेतृत्व तहबाट भएको गम्भीर लापरबाहीको विरोधमा आफूहरू आन्दोलित भएको बताइन्।

महराजगन्ज क्याम्पसमा अध्ययनरत नर्सहरूले भौतिक पूर्वाधार निर्माण नगरी ल्याइएको मिडवाफाई कार्यक्रमले  विद्यार्थीहरूलाई अन्योलमा पारेको हुँदा यसलाई स्पष्ट पारेर मात्रै नर्सिङ कार्यक्रममा समावेश गर्नुपर्ने बताएको छ। 

त्यसो त बिएमएसका विद्यार्थीहरूले विगत १८ दिनदेखि एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिष्कार गर्दै आएका थिए।