एसईई परिक्षाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ - यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसवर्ष करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुने जानकारी दिएका छन् ।