मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरु केके छन् ? (सूचीसहित)

काठमाडौँ - सरकारले विद्युत खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकि छिन् ।   

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक गरेकी हुन् । सरकारले ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजनाको लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।