'जनवरी १ तारिखमा नेपाल–भारत सम्बन्धको बारेमा नयाँ घोषणा गरिँदैछ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको गठबन्धनको सरकार पूरा अवधि चल्ने दावी गरेका छन् । राजधानीमा पार्टीले सुरु गरेको वैचारिक राजनीतिक प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उनले, गठबन्धन टुटाउनका लागि सरकारलाई कमजोर बनाउने कसरत भए पनि अबको चार वर्ष नै गठबन्धनको सरकार जाने दावी गरेका हुन् ।

उनले भने( ‘यो गठबन्धन बनेदेखि नै तपाईँ हामीलाई थाहा छ, एकथरी मानिसहरु गठबन्धन टुटाउन, सरकारलाई कमजोर बनाउन कसरत भए तर यहाँ सम्म आउदा म के अनुभुत गर्छु भने गठबन्धन अझ सुदृढ भएको छ । कसैले हल्लाएर हल्लिने स्थितिमा गठबन्धन छैन । मलाई विश्वास छ पाँचै वर्ष यो गठबन्धन जान्छ । एक वर्ष भयो चारै वर्ष यो गठबन्धन जान्छ ।’

एकथरिले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखिरहेको बेला भ्रमण सफल पारेर आफूले त्यो सपना सफल हुन नदिएको जिकिर उनले गरे ।