अब सवारी साधन कर्जामा जोखिम भार १०० प्रतिशतमा झर्‍यो, घर जग्गा कारोबार पनि सहज

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा वित्तीय सहजता प्रदान गरेको छ । आज चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गर्ने उल्लेख गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा बताइएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ ।