'देश र जनताको हितमा काम गर्ने नेतृत्व चाहिएको छ' : महामन्त्री शर्मा

बागलुङ - सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् ।

कांग्रेसको गलकोट नगर समितिद्वारा बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए । कमजोरी सुधारेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वले देश र जनताको हितमा काम गर्नुपर्ने उनले बताए । महामन्त्री शर्माले देशलाई अब विकास मात्र नभएर गुणस्तरीय विकास चाहिएको पनि बताए ।