'उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन छिट्टै हुन्छ': मेयर शाह

 काठमाण्डौँ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाण्डौ उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले काठमाण्डौ उपत्यकाको फोहरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे । उनले अबको साढे तीन वर्षभित्र फोहरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।