सुनको भाउ एक हजार रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसअघि यो सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतितोला १ लाख ३६ हजार ७ सय ५० रुपैयाँ रहेको तेजावी सुनलाई आज १ लाख ३७ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । 

यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ७ सय ४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ रहेको थियो ।