अर्थतन्त्र सङ्कट समाधानका लागि वृहत् राष्ट्रिय विमर्श आवश्यक छ: चन्द्र ढकाल

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको वर्तमान सङ्कट समाधानका लागि वृहत् राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारसँग यस्तो प्रस्ताव राखेका हुन् । उनले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताए ।