जनमतका राष्ट्रिय सचिवसहित सात जना निलम्बित

काठमाडौँ । जनमत पार्टीले राष्ट्रिय सचिवसहित सात जनालाई निलम्बन गरेको छ ।

राष्ट्रिय सचिव विश्वेश्वर प्रसाद (वीपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिराहाको मिर्चैया नगर सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघको पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिताकुमारी यादव र मिर्चैयाका पूर्व नगरसचिव दीपनारायण यादव निलम्बनमा परेका हुन् ।

पार्टीको नीति निर्देशन र विधान विपरीत कार्य गरेको भन्दै उनीहरुलाई आजकै मितिदेखि लागू हुनेगरी ३ महिनाका लागि निलम्बन गरिएको केन्द्रीय अनुशासन विभागकी सदस्यसचिव अनिताकुमारी मण्डलले जानकारी दिइन् ।