प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप  जारी

काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार अर्थात २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।