'नेपाली जनताका बिचबाट राष्ट्रिय शक्ति निस्किनु पर्दछ' :  केपी शर्मा ओली

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको बताए । यस अवस्थाबाट देशको रक्षा एमालेले गर्नुपर्ने ओलीको भनाई छ ।

सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशको स्वाधीनता कमजोर बनाएको ओलीले आरोप लगाए । अहिलेको सरकार चरम असफल सरकार भएको ओलीले बताए ।