'अर्थतन्त्र सुधार गर्दै अझ बृहत् बैठक र केही नयाँ घोषणा गर्ने योजना छ' 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन नसकिएको बताएका छन् । आज काठमाडौंमा रेस्पोन्सेबल विजनेश समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार गर्न अझै मिहिनेत आवश्यक रहेको बताएका हुन् ।

‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ’, उनले भने, ‘त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषण गर्ने तयारी गरिरहेको छु । त्यसमा यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारीवोध एवम् तत्परता रहने विश्वास लिएको छ ।’