उद्धव थापाको नियुक्ति बदरको माग गर्दै हिक्मतले दायर गरे रिट

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । शुक्रबार निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट पवनकुमार निरौलाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रदेश सभाका सभामुख बाबुराम गौतम, मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख पर्शुराम खापुङलाई विपक्षी बनाई दायर गरेको रिटमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गरेकबो नियुक्ति बदर गरी उपधारा ३ अनुसारको सरकार गठनको परमादेश माग गरिएको छ ।

प्रदेश प्रमुखले दाबी पेस गर्न आव्हान गरेपछि बिहीबार ४ दलले सभामुख बाबुराम गौतमलाई समेत जोडेर दाबी पेस गरेका थिए । जून कार्य संविधान र कानून विपरित रहेको ठहर गर्दै प्रतिपक्षी दलहरु एमाले र राप्रपाले अदालतमा मुद्धा दायर गरेका हुन् । जसको पेसी यहि आइतबारलाई तोकिएको छ ।