कांग्रेस जिल्ला सभापतिको भेला सम्पन्न, १४ बुँदे प्रतिबद्धता पारित

काठमाडौँ - १४ बुँदे प्रतिबद्धता पारित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकिएको छ । दुई दिन चलेको भेलामा जिल्ला सभापतिहरुले पार्टी नेतृत्वप्रति गुनासो गरेका थिए ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिले उठाएका प्रश्नको जवाफ दिएर भेला समापन गरिएको हो । महामन्त्रीद्वयले उठेका सवाललाई केन्द्रीय समिति बैठकमा लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भातृ संस्था लाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको, गुटको राजनीतिले पार्टी समस्यामा रहेको असन्तुष्टि सभापतिहरुले राखेका थिए ।